arin enterprises

काठमाडौं ८ (क) मा लौरो अगाडी

SamacharDesk – बिराज | २०७९ मङ्सिर ६, मंगलबार

आम निर्वाचनको मतगणनाको क्रममा प्रदेश सभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले अग्रता लिइरहेका छन् ।

सोमबार राति ११ः४४ बजेसम्मको मतगणना अनुसार हाम्रो नेपाली पार्टीका बज्राचार्य तीन हजार १०६ मतसहित अगाडी छन् ।

बज्राचार्यले एक हजार बढि मतान्तरले अग्रता बनाइरहेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का राजेश शाक्यले एक हजार ९५१ मत पाएका छन् ।

एमालेका शाक्य आम निर्वाचन २०७४ मा नेकपा (एमाले) बाट यसै क्षेत्रबाट विजयी उम्मेदवार हुन् ।

त्यसैगरी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार राजु राज जोशीले एक हजार ८०४ मत पाएका छन् ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082