कतारमा विश्वकपमा आज चार खेल हुँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ मङ्सिर ६, मंगलबार

कतारमा विश्वकप २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । मंगलबार कतार विश्वकपमा समूह ‘सी’ र समूह ‘डी’ को दुई दुई खेलहरु हुनेछन् ।
आज पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो खेल साँझ ६ः४५ बजे डेनमार्क र ट्युनिसिया बीच हुनेछ ।
मंगलबार हुने तेस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र मेक्सिको बीच राति ९ः४५ बजे प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै मंगलबार हुने चौंथो खेलमा साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामना गर्नेछ ।
समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल भने राति १२ः४५ बजे सुरु हुनेछ ।
Categorized in स्पाेर्ट्स