संक्रमण न्यूनीकरणका लागि १५ वडामा समूह गठन
SamacharDesk – विकाश | २०७६ चैत्र १७, सोमबार

कोरोना भाईरस (कोभिड १९) ले महामारीका रुपमा हाल विश्वलाई नै आतङ्कित तुल्याइरहेको छ । यो भाईरसले २०३ देशमा प्रभाव पारिसक्दा नेपालीको जनजीवनमा पनि असर पारेको छ ।
यस्तो अवस्थामा कामपा १५ वडावासीलाई संकट घडीमा सामाजिक जनचेताना दिनका लागि छलफल कार्यक्रमको आयोजना गरेको छ । आपतकालमा गर्नुपर्ने काम र यस रोगसँग लड्न तयार पारेका दीर्घकालिन योजनाका बारे छाउनी ब्यारेकस्थित रेञ्जर रेजिमेन्टको प्राङ्गणमा छलफल भएको हो ।
उक्त कार्यक्रममा खाद्यान्न संकट र संक्रमणको न्यूनीकरण गर्ने तर्फ कदम चाल्न वडास्तरीय एक समूह गठन गर्ने विषयमा छलफल केन्द्रीत भएको थियो । दैनिक जीवनयापनलाई चाहिने न्यूनतम खाद्यान्नलाई न्यूनतम मूल्यमा घर–घरमा पु¥याउनको लागि उक्त समूह सक्रिय हुने बताइएको छ ।
उक्त समुहमा नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको समेत सहभागिता हुनेछ ।
छलफलको साथमा कोरोना संक्रमण सुरक्षार्थ रेञ्जर रेजिमेन्टबाट बनाएको पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई) को प्रदर्शन पनि गरिएको थियो ।
छलफलमा १५ वडा अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु निमा घ्याम्चो तामाङ, आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जनको पनि सहभागीता रहेको थियो ।
साथै महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख डिएसपि लालध्वज सुवेदी, शसस्त्र बल हेडक्वार्टरका डिएसपि सुमन जंग थापा, रेञ्जर फस्र्ट बटालियणका गणपति कर्णेल नानु खड्का, रेञ्जर रेजिमेन्टका मेजर सिताराम बस्नेत, रेञ्जर फस्र्ट बतालियनका मेजर नानु खड्का तथा स्थानीय क्लबहरुका स्वयम्सेवकहरुको उपस्थिति थियो ।
Categorized in समाज