कतार विश्वकपमा आज जर्मनी र स्पेन भिड्दै
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ मङ्सिर ११, आइतबार

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज जर्मनी र स्पेन भिड्दै छ ।
आइतबार राती १२ः४५ कतारको अल–बायत स्टेडियममा समूह ‘ई’ का जर्मनी र स्पेन भिड्न लागेको हो । नकआउट चरणमा पुग्नका लागि आजको खेल दुवै टोलीलाई महत्वपुर्ण रहेको छ ।
पहिलो खेलमा जापानसँग २–१ गोलले हारेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । आजको खेल जित्दै जमर्नी नकआउट चरणको सम्भावना जीवितै राख्न चाहान्छ ।
यस्तै पहिलो खेलमा कोस्टारिकालाई ७–०ले हराएको स्पेनले पनि आफ्नो जितलाई निरन्तरता दिन चाहान्छ । स्पेनले आज खेल जितेमा उ नकआउट चरण प्रवेश गर्नेछ ।
जर्मनी र स्पेनको अहिलेसम्म २५ खेल भएको छ । २५ खेल मध्य ९ खेल जर्मनीले जित्दा ८ खेल स्पेनले जितेको छ । ८ खेल भने बराबरीमा सकिएको छ ।
यस्तै फिफा विश्वकपकोमा भने स्पेन र जर्मनीको चारबटा भएको छ । जसमध्य जर्मनीले २ खेल जित्दा स्पेनले १ खेल जितेको छ । १ खेल भने बराबरीमा सकिएको छ ।
यसपटक स्पेन भने ३ अंकका साथ समूह ‘ई’को र्शीष स्थानमा रहेको छ भने जर्मनी अंक विहीन तेस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स