arin enterprises

अर्जेन्टिना र नेदरल्याण्ड्स क्वाटरफाइनल प्रवेश

SamacharDesk | २०७९ मङ्सिर १८, आइतबार

फिफा विश्वकपमा हिजोदेखि नकआउट चरण सुरु भएको छ ।

नकआउट चरणको प्रारम्भमा भएका दुई खेलबाट अर्जेन्टिना र नेदरल्याण्ड्स फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो । खेलमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे ।

मेस्सीको लागि यो गोल करियरको ७ सय ८९ औं गोल थियो भने राष्ट्रिय टोलीका लागि ९४ औं गोल थियो । हिजो अर्जेन्टिनाको जर्सीमा १ सय ६९ औं खेल खेलिरहँदा मेस्सीले करियरमा एक हजार खेलको कोशेढुंगा पार गरेका छन् ।

हिजै भएको पहिलो खेलमा अमेरिकालाई ३–१ ले हराउँदै नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा पुगेको छ । अमेरिकाविरुद्धको खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन मेम्फीस डिपे, डेली ब्लीन्ड र डेन्जेल डम्फ्रीजले एक एक गोल गरे ।

अमेरिकाका हाजी राइटले एक गोल फर्काए । नेदरल्याण्ड्सले अब विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । विश्वकप फुटबलको राउण्ड अफ सिक्सटिनमा आज दुई खेल हुनेछन् ।

नेपाली समय अनुसार वेलुकी पौने ९ बजे सुरु हुने खेलमा फ्रान्स र पोल्याण्ड भिड्दा राती पौने १ बजे इंग्ल्याण्डले सेनेगलसँग खेल्नेछ ।

Categorized in स्पाेर्ट्स