पेजथ्री सेलेब्रेटी फुट्सल ११४३ सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ पौष ४, सोमबार

पेजथ्री सेलेब्रेटी फुट्सल ११४३ शनिवार सम्पन्न भएको छ ।
नेपालभाषा कला क्षेत्रका कलाकार, पत्रकार एवं सामाजिक क्षेत्रका विभिन्न व्यक्तिहरुबिच फुट्सल खेल खेलाइएको थियो ।
कलाकारहरुमा स्वास्थ्य जनचेतना ल्याउन र नेपाल संवतको प्रवर्ध्दनका निम्ति कार्यक्रम आयोजना गरेको पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यले जानकारी दिए ।
खेलमा राजु मानन्धर, विजय श्रेष्ठ, राजी महर्जन, सुरेन्द्र श्रेष्ठ, विजय मान सिंह, नविन थेच्वमि, जेम्स प्रधान, अन्जन श्रेष्ठ, नील शाक्य, राजेन्द्र डंगोल, अनुप सिंह सुवाल, सत्य महर्जन, रवि सायमि, सुरेन्द्र महर्जन, सज्जु मानन्धर, बिन्दे महर्जन, रामकृष्ण खड्गी, बाबुकाजी जल्मि, देवकुमार श्रेष्ठ, किशोर चिपालु, सजीव शाक्य, फिरोज राजोपाध्याय्, सुरेन्द्र मानन्धरलगायतको सहभागीता थियो ।
त्यस्तै महिला कलाकारहरुमा सुनिता ठाकुर श्रेष्ठ, लसता जोशी, मनरा प्रजापति, रविना तुलाधर, प्रेमा संसार महर्जन, रोजीना सुवाल, कल्पना बज्राचार्य, आराध्य लक्ष्मी खड्गी, रोजी डंगोल श्रेष्ठ, रत्न शोभा महर्जनलगायतको सहभागिता थियो ।
खेलमा सहभागी सबैलाई समाजसेवी न्हूजः गुथिका अध्यक्ष सुरबहादुर श्रेष्ठले मेडल प्रदान गरे ।
कार्यक्रममा उपस्थित सवैको निःशुल्क स्वास्थ्य जाँचसमेत गरिएको थियो ।
Categorized in स्पाेर्ट्स