अनामनगरको अवैध संरचना भत्काइयो
SamacharDesk | २०७९ पौष ७, बिहिबार

काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने काम जारी राखेको छ । सोही क्रममा धोवीखाला किनारमा करिब नौ रोपनी बढी सरकारी जग्गामा गैरकानुनी रुपमा बनाइएका संरचनाहरु बुधबार भत्काइएको छ ।
काठमाडौं महानगरपालिकाले वडा नम्बर १० अन्तर्गत देवीनगरस्थित धोबीखोला किनारमा बनाइएका अवैध संरचना गत महिना भत्काए पनि फेरि निर्माण गरिएको भन्दै महानगरले ती संरचना भत्काएको हो ।
बाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले सो क्षेत्रका स्थानीय इन्द्र चाम्लिङले एकपछि अर्को गर्दै सरकारी स्वामित्वको ९ रोपनी हाराहारीमा जग्गामा अवैध संरचना बनाएको आरोप लगाउनुभयो ।
महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुको भागाभाग भएको थियो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतका होर्डिङ बोर्ड, नक्शाविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।
डोजरले आफूले व्यापार गर्दै आएको ठाउँ भत्काएपछि उनीहरुले सामान सुरक्षित स्थानमा ओसारेका थिए ।
यता करिडोरका घरधनीहरुले भने महानगरले शक्तिको आडमा लालपूर्जा भएको घर समेत भत्काएर घरमा बस्नेहरुलाई बिचल्ली बनाएको गुनासो गरेका छन् ।
करिडोरमा घर हुने घरधनीहरुल इन्जिनियरले समेत नापी गर्दा करिडोरको जग्गा भित्र घर नपर्ने देखाए पनि महानगरले ज्यादती गरेर घर भत्काएको आरोप उनीहरुको छ ।
उनीहरुले इन्जिनियरहरुले पनि फरकफरक चिन्ह दिएको भन्दै महानगरले कुनै जानकारी बिना घर भत्काउन उचित नभएको बताउनु भयो ।
उहाँहरुले महानगर पालिकाको ज्यादतीका लागि अदालत जाने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला करिडोरको सरकारी जग्गामा बनाएरका संरचना हटाउन सूचना जारी गर्दा समेत नमानेको भन्दै बुधवार डोजर प्रयोग गरी संरचनाहरु भत्काएको हो ।
Categorized in स्थानीय