महोत्तरीमा सिनियर प्रहरी अधिकृत निवासको उद्घाटन
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ पौष ७, बिहिबार

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा नवनिर्मित सिनिय प्रहरी अधिकृत निवासको उद्घाटन भएको छ ।
बुधबार मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खानले जिल्ला प्रहरी कार्यालय महोत्तरीको परिसरमा निवासको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक खाँले भौतिक पूर्वधारमा सुधार भएजस्तै प्रहरी कर्मचारीले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्ने विचार राख्नुभयो ।
प्रहरीको काम कारवाहीलाई अझ बढी चुस्त दुरुस्त बनाउन नागरिकले समाजमा हुने हरेक गैर कानुनी क्रियाकलापको सूचना प्रहरीलाई दिनुपर्ने उहाँले बताउनुभयो ।
उक्त निवासको निर्माण नेपाल सरकारको नियमित बजेटबाट १ करोड ४० लाख ५६ हजार ५ सय ३४ रुपैयाँको लागतमा भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय प्रतिनिधि, संचारकर्मी, पूर्व प्रहरी संगठन महोत्तरीका पदाधिकारी लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
Categorized in समाज