कोभिडका कारण चीनमा बेरोजगार दर बढ्दै
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ पौष १२, मंगलबार

कोभिड–१९का कारण चीनमा बेरोजगार दर बढ्दै गएको देखिएको छ । सीएनएनको अध्ययन अनुसार चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू बेरोजगार रहेका खुलासा भएको हो ।
यस तथ्याङ्कमा ग्रामीण बेरोजगारी दर भने समावेश गरिएको छैन । चीनको शहरी युवा जनसंख्या १ करोड ७० लाख रहेकोमा हरेक ५ जनामध्ये एक जना सक्षम चिनियाँ नाागरिक कामबाट वञ्चित भएको जनाइएको छ ।
कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारणले चीनले पनि आर्थिक समस्याको सामना गर्नुपरेको जनाएको छ । गत मार्चमा युवा बेरोजगारी दर १५ दशमलव ३ प्रतिशतबाट बढेर अप्रिलमा १८ दशमलव २ प्रतिशतमा पुगेको थियो ।
यो दर निरन्तर बढ्दै गत जुलाईमा १९ दशमलव ९ प्रतिशतमा पुगेको थियो । अगस्टमा भने यो दर थोरै घटेर १८ दशमलव ७ प्रतिशतमा झरे पनि बेरोजगार दर अझै पनि अहिलेसम्मकै उच्च रहेको तथ्यांकले देखाएको छ ।
हाल चीनमा सञ्चालनमा रहेका शीर्ष कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निष्कासन गर्दा देशले आर्थिक गिरावट र बेरोजगारीको पनि सामना गरिरहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय