arin enterprises

महर्जन कम्प्लेक्समा टेस्ला गाडी उपहार

SamacharDesk – बिराज | २०७९ पौष १२, मंगलबार

काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडस्थित महर्जन कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेले टेस्ला गाडी जित्न सकिने भएको छ ।

महर्जन बिजनेस एसोसिएट्सले कम्प्लेक्समा पसल कवलहरु बुकिङ गर्नेलाई विशेष छुटको साथमा गाडी र आइफोनसहितको उपहारको अफर ल्याएको हो ।

महर्जन बिजनेस एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले कम्प्लेक्समा सिमित संख्यामा पसल कवलहरु बाँकि रहेको र ती पसल कवलहरु बुकिङ गर्नेलाई गाडीको साथमा हात खालि नजाने उपहारका अफर ल्याएको जानकारी दिए ।

‘आउँदो पुस २५ गतेसम्ममा पसल बुक गर्नेलाई १० प्रतिशत छुटको साथमा हात खाली नजाने गरी हरेकलाई आईफोन १४ दिइनेछ । साथमा लक्की ड्रमार्फत डेढ करोड मूल्यको टेस्ला गाडी र हिराको, सुनको हारसमेत उपहार दिने अफर ल्याएको छौं’ महर्जनले भने ।

महर्जनका अनुसार पसल बुकिङ गर्नेहरुमध्येमा लक्की ड्रमार्फत प्रथम पुरस्कारस्वरुप टेस्ला गाडी दिइनेछ ।

त्यस्तै दोश्रो पुरस्कार हुन्डाइको कोना कार, तेश्रो पुरस्कार नीटा इभि कार दिन लागिएको छ । चौथो पुरस्कारमा हिराको हार र पाँचौ पुरस्कारमा सुनको हार दिइनेछ ।

यसको साथमा पसल बुक गर्नेलाई हरेकलाई आइफोन १४ दिइनेछ ।

पुस १३ गते बुधबारबाट सुरु हुने यो अफर आउँदो पुस २५ गतेसम्म मात्र रहने कम्पनीले जनाएको छ ।

Categorized in बिजनेस