म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी
SamacharDesk | २०७९ पौष १७, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी भएको छ भने म्यान्चेस्टर सिटीलाई एभर्टनले बराबरीमा रोकिएको छ ।
गएराति भएको म्यान्चेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । म्यान्चेस्टर युनाइटेडका लागि मार्कस रास्फोर्डले निर्णायक गोल गरे ।
गएराती नै भएको अर्काे खेलमा शिर्ष स्थानमा रहेको आर्सनलले ब्राइटनलाई ४–२ ले हरायो । आर्सनलको लागि बुकायो साका, मार्टिन ओडेगार्ड, एडवार्ड एन्केतिया र ग्याब्रियल मार्टीनेलीले एक एक गोल गरे ।
ब्राइटनका काओरो मितुमा र इभाँ फर्गुसनले दुई गोल फर्काए । लिगको उपाधि दावेदार म्यान्चेस्टर सिटीलाई भने एभर्टनले १–१ गोलको बराबरीमा रोक्यो । खेलमा घरेलु टोली अर्लिङ ब्रट हाल्याण्डले पहिलो गोल गरेपनि एभर्टनका डेमाराई ग्रे ले बराबरी गोल गरेका हुन् ।
प्रिमियर लिगका अन्य खेलहरुमा क्रिष्टल प्यालेसले बर्नमाउथलाई २–० ले हराउँदा फुल्हमले साउथह्याम्पटनलाई २–१ ले पराजित गरेको छ । गएरातिका खेलहरुपछि प्रिमियर लिगको अकं तालिकामा १६ खेलबाट ४३ अंक जोडेको आर्सनल शिर्ष स्थानमा छ ।
समान खेलबाट ३६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको न्युकासल युनाइटेड ३४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
१६ खेलबाट ३२ अंक जोडेको म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा उक्लिएको छ ।
Categorized in स्पाेर्ट्स