arin enterprises

पेलेलाई संसारभरीका खेलाडीहरुबाट श्रद्धान्जलि दिइने

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ पौष १८, सोमबार

फुटबल सम्राट पेलेको निधनको शोक मनाउन संसारभरीकै खेल अघि एक मिनेट मौन धारण गरिने भएको छ ।

संसारभर सञ्चालन हुने औपचारिक फुटबल प्रतियोगिताका खेल सुरु हुनु अघि पेलेलाई श्रद्धान्जलि दिँदै मौन धारण गर्न लागिएको हो ।

ब्राजिलियन खेलाडि पेलेको निधन पछि गत शुक्रबार फिफा महासचिव फातिमा समौराले सबै सदस्य संघलाई मौन धारण गरि सम्मान गर्न भन्दै पत्राचार गरेका थिए ।

फिफाको पत्र पछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सातासम्म फुटबल खेल सुरु हुनुअघि एक मिनेट मौनधारण गर्न सबै आयोजकलाई अनुरोध गरेको छ ।

एन्फाले सदस्य संघ तथा फुटबल संचालन निकायसँग सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रमा फिफाको निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

महान् खेलाडी पेलेको गत बिहीबार ८२ बर्षको उमेरमा निधन भएको थियो ।

Categorized in स्पाेर्ट्स