arin enterprises

सवारी साधनमा जि.पि.एस ट्र्याकिङ जडान गर्दै चन्द्रागिरि नगरपालिका

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ पौष १८, सोमबार

चन्द्रागिरि नगरपालिकाले सरकारी सवारी साधनमा जि.पि.एस ट्र्याकिङ उपकरण जडान गरेको छ ।

नगरपालिकाले नगर तथा वडाका कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा जि.पि.एस ट्र्याकिङ उपकरण जडान गरेको हो ।

कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरि सेवाग्राहीलाई सेवा प्रवाहको गति बढाउन यस प्रणालीले सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।

यो प्रणालीले सरकारी बिदाको दिनमा बिना अनुमति सरकारी सवारी साधनको प्रयोगमा पनि नियन्त्रण गर्न सहयोग गर्ने बताएको छ ।

त्यस्तै सरकारी सवारी साधनको चोरी पैठारी हुँदा पनि तत्काल सुसूचित गरि नियन्त्रण गर्न समेत ठुलो मद्दत गर्ने दावी नगरपालिकाको छ ।

 

Categorized in स्थानीय