arin enterprises

पाँचौ सम्झना कप हुने

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ पौष २१, बिहिबार

ललितपुर टेबल टेनिस क्लबले सम्झना कप अन्तराष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको पाँचां संस्करणको आयोजना गर्ने भएको छ ।

आउँदो माघ १७ गतेदेखि लैनचौरस्थित अखिल नेपाल टेबल टेनिस संघमा प्रतियोगीता सुरु हुने क्लबले जनाएको छ । आज क्लबले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताबारे जानकारी दिएको हो ।

पत्रकार सम्मलेनमा नेपालबाट मात्र नभई मित्र राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, मालदिभ्स, थाइल्याण्ड, युएई, जापान, फ्रान्स, इंगल्याण्ड, कोरिया तथा विभिन्न राष्ट्रहरुबाट खेलाडीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । स्वदेश तथा विदेशी राष्ट्रहरुबाट कम्तिमा पाँच सय खेलागीको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० बर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० बर्षमाथि) र वुमेन्स भेट्रान सिंगल्स (५५ बर्षमाथि) गरेर ७ स्पर्धा छन् ।

सोही पत्रकार सम्मेलनमा आयोजक क्लब र प्रतियोगीताको मुख्य प्रायोजक सम्झना ल्याबेरोटरी क्लिनिक बीच सम्झौता भएको छ । जम्मा २२ लाख ५५ हजार बजेट अनुमान गरिएको प्रतियोगीतको ५० प्रतिशत रकम मुख्य प्रायोजकले उपलब्ध गराउने बताइएको छ ।

प्रतियोगीतलाई सबैभन्दा ठुलो धनराशी पुरस्कारको दावी गरिएको छ । प्रतियोगीतामा पाँच लाख रुपैयाँ पुरस्कार दिइने आयोजकले बताएको छ ।

मेन्स/बुमेन्स टिम र मेन्स/बुमेन्स सिंगल्स टिम स्पर्धामा प्रथम, द्वितीय र तृतिय (दुवै सेमिफाइनलिष्ट) टिमहरुलाई क्रमश रु ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार दिने क्लबले जनाए ।

यस्तै भेट्रान सिंगल्सतर्फ प्रथम, द्वितीय र तृतिय (दुवै सेमिफाइनलिष्ट) टिमहरुलाई क्रमश रु २० हजार , १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

सम्झना ल्याबोरेटोरीकी प्रवन्ध निर्देशक रजना जोशीले बिगत पाँच बर्षदेखि प्रतियोगितालाई निरन्तर प्रायोजन गर्दै आएको बताइन् । कार्यक्रमलाई मात्र नभई खेलकुदको विकासको लागि अन्य विभिन्न खेलकुद प्रतियोगितामा पनि प्रायोजन गर्दै आएको जानकारी जोशीले दिइन् ।

‘टेबल टेनिस् टोल, बहाल, स्कुल कलेज जस्ता विभिन्न ठाँउमा धेरै जसोले खेल्ने खेल हो । यहि टेबल टेनिस्को विकासको लागि नै हामिले यस्तो प्रतियोगिता आयोजना गरेको हो ”ललितपुर टेबल टेनिस् क्लबका अध्यक्ष उर्दीप जोशीले बताए ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा बार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता हुन लागेको हो ।

Categorized in स्पाेर्ट्स