arin enterprises

माहारेजको निर्णायक गोलले सिटी विजयी

SamacharDesk | २०७९ पौष २२, शुक्रबार

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ ।

चेल्सीको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीका लागि रियाद माहारेजले निर्णयक गोल गरे ।

खेलको ६३ औं मिनेटमा अल्जेरियन खेलाडी माहारेजले गरेको गोलको मद्दतले सिटी विजयी भएको हो । जितसँगै सिटीले अंक तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलसँग दुरी घटाएको छ ।

लिगमा १७ खेलबाट आर्सनलको ४४ अंक छ । समान खेलबाट ३९ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको न्युकासल युनाइटेड ३५ अंकसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानको म्यान्चेस्टर युनाइटेडको पनि ३५ अंक नैं छ । गएरातिको खेलमा पराजित टोली चेल्सी भने १७ खेलबाट २५ अंकसहित तालिकाको दशौं स्थानमा समेटिएको छ ।

Categorized in स्पाेर्ट्स