अमेरिकी सभामुखमा केभिन चयन
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ पौष २४, आइतबार

अमेरिकी तल्लो सदन प्रतिनिधि सभाको नयाँ सभामुखमा केभिन म्याककार्थी चयन भएका छन् ।
१४ औं पटकको मतदानमा हार बेहोरेका म्याककार्थी १५ औं पटकमा निर्वाचित भएका हुन् ।
सभामुख चयनका लागि खसेको ४२८ भोट मध्ये म्याककार्थीले २१६ मत प्राप्त गरे । डेमोक्रेटिक उम्मेदवार हकीम जेफ्रिजले भने २१२ मत प्राप्त गरे । मतदानमा उपस्थित तर कतै पनि भोट नहाल्ने सांसद भने ६ जना थिए ।
उनी निर्वाचित भएसँगै केही दिन अघिदेखि जारी राजीनितक गतिरोधको अन्त्य भएको छ ।
१सय ६४ वर्षको इतिहासमा सभामुख चयनका लागि यति धेरै पटक मतदान गर्नु परेको हो ।
सन् १९२३ मा सभामुख चयन गर्न नौ पटक मतदान गरिएको थियो भने त्यसअघि १८५६ मा १ सय ३३ पटक मतदान भएको थियो ।
अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले कानुन निर्माण गर्नुका साथै संघीय सरकारलाई बजेट विनियोजन लगाएतका महत्त्वपूर्ण कार्यहरु गर्ने गर्छ ।
Categorized in अन्तर्राष्ट्रिय