arin enterprises

बसको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ पौष २५, सोमबार

बालाजुमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

काठमाडौंको बालाजुस्थित सडकमा बसको ठककरबाट अन्दाजी २७ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

हालसम्म बसको नम्बर खुल्न नसकेको र बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

फरार बस र चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । 

Categorized in समाज