arin enterprises

लुम्बिनी अल स्टार्स टी–२० विजेता

SamacharDesk | २०७९ पौष २७, बुधबार

लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनायो ।

विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए । अर्का ओपनर गौरान्सु शर्मा ४ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल पहिलो बलमै आउट भए । हुसेन तलात ८ बलमा १३ रनमा रन आउट भए । पृथु बास्कोटाले २९ बल खेल्दै ३१ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९ दशमलव २ ओभरमा १ सय ३३ रनमा अल आउट भयो । लुम्बिनीको लागि ओपनर लाहिरु मिलान्थाले २८ बलमा ३ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए ।

लुम्बिनीले राम्रो सुरुवात गर्यो । ओपनर लाहिरु मिलान्था र हरमीत सिंहले ५ दशमलव ५ ओभरमा ६४ रनको आक्रामक सुरुवात गरेको थियो । तर पावर प्लेपछि त्यो सुरुवातमा गिरावट आयो ।

केओन जोशेफको बलमा हरमीत रोहित पौडेलबाट क्याच आउट भए ।

Categorized in स्पाेर्ट्स