मेसी र रोनाल्डो पुनः एकपटक आमनेसामने हुँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ ४, बुधबार

विश्वविजेता अर्जेटिनी स्टार लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पुनः एकपटक आमनेसामने हुने भएका छन् ।
हालै रोनाल्डोे आवद्ध भएको क्लब अरेबियन प्रो लिग क्लब अल नसरले मेसी सम्मिलित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
खेल रियादस्थित किङ्ग फाहद स्टेडियममा बिहीबार नेपाली समयअनुसार राति ११ बजे सुरू हुनेछ ।
अल नासरमा आबद्ध भएयता रोनाल्डोको यो डेब्यु खेल हो । रोनाल्डोले घरेलु लिगका सुरुवाती दुई खेल प्रतिबन्धका कारण गुमाएका थिए ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्दा उनले एक समर्थकको फोन खोसेर फाल्दिएपछि अनुशासनको कारबाही स्वरुप उनलाई दुई खेल प्रतिबन्ध लागपछि डेब्यु ढिलो भएको हो ।
पीएसजी विरुद्ध हुने यस खेलमा रोनाल्डोले अल नसरको कप्तानी गर्ने भएका छन् ।
साउदी अरेबियाको मनोरञ्जनका लागि जनरल अथोरिटीका अध्यक्ष टर्की अल–शेखले खेलअघिनै रोनाल्डोलाई कप्तानको आर्मब्यान्ड लगाइदिएको एक भिडियो ट्वीटरमा ट्वीट गरेका छन् ।
الوعد ان شاءالله يوم ١٩ يناير … لقاء فوق الخيال … ومدير الفريق الكابتن خالد الشنيف ان شاءالله والتشكيلة غداً بيعلنها المدرب وخالد … اتمنى يومها ننسى الهلال والنصر ساعتين ونصير كلنا موسم الرياض… وبعد الساعتين نوقف الهدنة pic.twitter.com/nttB07IgBb
— TURKI ALALSHIKH (@Turki_alalshikh) January 15, 2023
यो खेलका लागि २० लाखभन्दा बढी टिकेटका लागि अनलाइनबाट माग भएका थिए ।
अक्सनमा भीआईपीतर्फ रहेको च्यारिटी टिकट बियोन्ड इमाजिनेसन खरिदका लागि १० मिलियन साउदी रियाल राखिएको छ । अक्सनबाट यो टिकट खरिदका लागि आज मंगलबार अन्तिम दिन हो ।
यो टिकट खरिद गर्नेले रोनाल्डो, मेसी, नेइमार तथा एम्बाप्पेजस्ता स्टार खेलाडिहरु भेट्ने मौका पाउनेछन् ।
रोनाल्डालाई अरेबियन क्लब अल नासरले २०२५ सम्मका लागि वार्षिक २०० मिलियन युरोमा भित्र्याएको हो । रोनाल्डो लिगमा भने अगामी साताको आइतबार डेब्यु गर्नेछन् ।
रोनाल्डो र मेसीले विगत १५ वर्षदेखि विश्व फुटबलमा आफ्नो प्रभुत्व जमाउँदै आएका छन् ।
यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट मेसीले तथा रियल म्याड्रिडबाट रोनाल्डोले खेल्दा दुई जनाले नौ वर्ष एकअर्का विरुद्ध प्रतिस्पर्धा गरेका थिए।
Categorized in स्पाेर्ट्स
