arin enterprises

इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ ५, बिहिबार

 इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनल खेलमा एसी मिलानलाई ३–० ले हराउँदै इन्टरले उपाधि जितेको हो ।

साउदीको किंग फहाद स्टेडियममा भएको खेलको दशौँ मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

इडेन जेकोले २१ औं मिनेटमा गोल गर्दा इन्टरको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै उपाधि इन्टरको पोल्टामा पारे ।

इटालियन सुपर कपको फाइनलमा इन्टरले पहिलो पटक एसी मिलानलाई हराएको हो ।

इन्टरले सातौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो ।

Categorized in स्पाेर्ट्स