पीएसजी नसरबीचको खेलमा मेस्सी र रोनाल्डोको गोल
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ ६, शुक्रबार

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले साउदीको अल नसरलाई हराएको छ ।
गएराति साउदीको रियादमा भएको मैत्रीपूर्ण क्लब फुटबल खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले नल नसरलाई ५–४ले हराएको हो ।
यस खेलमा विश्वच्याम्पियन लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेका थिए ।
खेलसुरु भएको तेस्रो मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।
३४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल फर्काउदै नसरलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ३९ औं मिनेटमा जुआन बर्नेटले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो । अल स्टार्सका खेलाडीलाई काउन्टर अट्याक बलमा लडाएपछि जुआनलाई कतारी रेफ्री अब्दुल्रहमान अल जासिमले सिधै रातो कार्डको देखाएका थिए ।
४३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए ।
१ खेलाडी कम भए पनि पिएसजीले अग्रता बढाउने मौका गुमायो। इन्ज्युरी समयमा नेयमार पेनाल्टीमा चुकेका थिए ।
नेयमारलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पिएसजीलाई पेनाल्टी दिए। तर नेयमारको पेनाल्टी गोलरक्षक अल ओवाइसले बचाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।
खेलको ५३ औं मिनेटमा सर्जियो रामोसले गोल गरेपछि पीएसजीले तेस्रो पटक अग्रता लियो । जाङ ह्युन सोले ५६ औं मिनेटमा गोल गर्दै नसरलाई ३–३ को बराबरीमा ल्याए ।
६० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई ४–३ को स्थितिमा ल्याए । मेसीको प्रहार अली अल बुलायहीले हातले रोकेपछि पिएसजीले पेनाल्टी पाएको थियो उक्त पेनाल्टीमा एम्बाप्पेले सहज गोल गरे ।
७८ औं मिनेटमा युवा फरवार्ड ह्युगो एकिटिकेले गोल गर्दै पिएसजीलाई ५–३ को अग्रतामा बन्यो । एकिटिके एम्बाप्पेको स्थानमा मैदान छिरेका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा टलिस्काले गोल गरेपनि घरेलु टोली ५–४ ले पराजित भयो ।
रोनाल्डो विश्वकपपछि कीर्तिमानी मुल्यमा साउदी अरेबियन क्लब अल नासर अनुबन्ध भएका छन् ।
मैत्रीपूर्ण खेलको प्लेयरअफ अफ दि म्याच २ गोल गरेका रोनाल्डो नै भए।
Categorized in स्पाेर्ट्स