arin enterprises

प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरी

SamacharDesk | २०७९ माघ ८, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन् ।

गएराति लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा दुबै टोलीले थुप्रै अवसर खेर फाले । खेल गोलरहित बराबरीमा रोकिएपछि लिभरपुल र चेल्सीले मध्य तालिकाबाट आफुलाई माथि उकास्न सकेनन् ।

प्रिमियर लिगमा १९ खेलबाट २९ अंक जोडेको लिभरपुल आठौं स्थानमा छ भने २० खेलबाट २९ अंक जोडेको चेल्सी दशौं स्थानमा रहेको छ ।

शिर्ष स्थानको आर्सनलको १८ खेलबाट ४७ अंक छ । गएराति भएको अर्को खेलमा एस्टन भिल्लासँग १–० ले हारेपछि साउथह्याम्पटन तालिकाको पुछारमै अड्किएको छ ।

प्रिमियर लिगका अन्य खेलहरुमा वेष्ट ह्याम युनाइटेडले एभर्टनलाई २–० ले हराउँदा क्रिष्टल प्यालेस र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

यसैगरी लेस्टर सिटीले ब्राइटनसँग २–२ गोलको बराबरी खेल्दा बर्नमाउथ र नटिङ्घम फरेष्टले १–१ गोलको बराबरीमा चित्त बुझाए ।

Categorized in स्पाेर्ट्स