arin enterprises

फोहोर फाल्न नदिने बन्चरेडाँडाका स्थानीयहरुको चेतावनी

SamacharDesk | २०७९ माघ ९, सोमबार

फोहोर व्यवस्थापनमा फेरि अवरोध सिर्जना हुने देखिएको छ ।

बन्चरेडाँडाका स्थानीयहरुले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्न बेवास्ता गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रभावित क्षेत्र धादिङ धुनिबेँसी नगरपालिकाका अनुसार अहिले पनि प्रहरीले खटाएर फोहोर विसर्जनको काम भइरहेकोले ल्यान्डफिल साइट वरिपरि कोही स्थानीय जाने बित्तिकै प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग स्थानीयले पटकपटक सम्झौता गर्दै आएपनि उनीहरूका माग सम्बोधन हुन नसकेको गुनासो उनीहरुले गरेका छन् ।

गत जेठमा फोहोर व्यवस्थापनको विवाद उत्कर्षमा पुगेको थियो । त्यतिबेला बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच दैनिकजसो झडप हुने गरेको थियो ।

काठमाडौंका सडकभरि फोहोर थुप्रिन थालेपछि मात्रै महानगरपालिकाको ध्यानाकर्षण हुने गरेको स्थानीयको गुनासो छ ।

महानगरपालिकामा नयाँ मेयर बालेन शाह नियुक्तभएपछि कार्यान्वयनमा ल्याएको फोहोर व्यवस्थापन कार्यक्रम पनि फितलो देखिएको छ ।

महानगरले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने नियम ल्याएपनि त्यो फितलो देखिएको छ । सुरुमा केही तदारुकताका साथ सातामा दुई दुई दिन कुहिने र नकुहिने फोहोर उठाउने नियम बनाए पनि त्यो नियममै मात्र सीमित भएको देखिन्छ । 

Categorized in राष्ट्रिय