arin enterprises

अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ रबाकिना र साबालेन्का फाइनलमा

SamacharDesk | २०७९ माघ १३, शुक्रबार

अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ कजाकस्तानकी एलिना रबाकिना र बेलारुसकी एरिना साबालेन्का उपाधिको लागि भिड्ने भएका छन् ।

हिजो भएको महिला एकलतर्फको सेमिफाइनल खेलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २–० को सोझो सेटमा हराउँदै रबाकिना फाइनलमा पुगेकी हुन् ।

अजारेन्का विरुद्धको खेल रबाकिनाले ७–६ र ६–३ ले जितिन् । महिला एकलकै अर्को सेमिफाइनल खेलमा पोल्याण्डकी माग्दा लिनेटलाई ७–६ र ६–२ ले हराउँदै साबालेन्का पनि फाइनलमा पुगिन् । फाइनल खेल भोलि हुनेछ ।

उता अष्ट्रेलियन ओपनको पुरुषतर्फको सेमिफाइनलमा आज सर्वियाका नोभाक जोकोभिच र अमेरिकाका टमी पउल तथा रुसका कारेन खचानोभ र ग्रिसका स्टेफानोस सित्सीपास भिड्नेछन् । 

Categorized in स्पाेर्ट्स