arin enterprises

लायन्स क्लबबाट भीमेश्वर नगरपालिकालाई स्यानिटाइजर र पिपिइ हस्तान्तरण

SamacharDesk – समाचार श्रोत : शिवजी प्रधान | २०७६ चैत्र ३०, आइतबार

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ भिमेश्वर नगरपालिका दोलखामा फैलिन नदिन भन्दै लायन्स क्ल्ब अफ दोलखाले भिमेश्वर नगरपालिकालाई स्यानिटाइजर र व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) हस्तान्तरण गरेको छ । 

आज एक कार्यक्रमका बिच क्लबले १०० लिटर स्यानिटाइजर र ८ थान पिपिई नगरपालिकालाई हस्तान्तरण गरेको हो । 

सो अवसरमा आफ्नो भनाई राख्दै सामाजिक अभियन्ता तथा क्लबका पुर्व अध्यक्ष शान्त कृष्ण श्रेष्ठले मानवीय सेवामा सदा सहयोगी बनी भिमेश्वर नगरलाई साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नगर प्रमुख भरत केसीले आज सारा विश्वमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु हाम्रो लागि डटिरहेकोले यी सामाग्री त्यसैमा प्रयोग हुने वताउनुभयो । 

भिमेश्वर नगरलाई बढी भएको अवस्थामा यी सामग्री अन्य स्थानीय तहलाई पनि उपलब्ध गराउन सकिने नगर प्रमुख केसीको भनाई थियो । 

आजको विषम परिस्थितीमा भएको सहकार्यको उचित मुल्यांकन हुने केसीको भनाइ थियो ।

साथै, संक्रमण फैलिन नदिन आम नागरिकले यो अवस्थामा लकडाउनको पूर्ण पालना गर्न पनि केसीले आग्रह गर्नुभयो । 

कार्यक्रममा लायन्स क्लब अफ दोलखाका अध्यक्ष दिपक श्रेष्ठ, नगरका स्वास्थ्य संयोजक श्याम खड्का सहितको उपस्थिती रहेको थियो ।

Categorized in समाज