arin enterprises

विवेकशीलमा नयाँ नेतृत्व

SamacharDesk | २०७९ माघ २९, आइतबार

पटक पटक फुट्ने र फेरि एकीकरण हुने विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ ।

गत शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट बाँस्कोटा अध्यक्ष चयन हुनु भएको हो ।

यस्तै महासचिवमा रन्जु न्यौपाने चयन हुनभएको छ । पार्टी गठन भएपछि पहिलो पटक आयोजना गरिएको महाधिवेशनबाट सर्वसम्मत रुपमा ८ पदाधिकारी पनि चयन गरिएको छ ।

उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् ।

दामोदर नेपाललाई कोषाध्यक्ष चयन गरिएको छ । ६१ केन्द्रीय समिति समिति बनाउने निर्णय भएकोमा उनीहरुलाई मतदानबाट चयन गरिने छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082