फिफा क्लब विश्वकप फुटबलको उपाधि रियाललाई
SamacharDesk | २०७९ माघ २९, आइतबार

यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनको रियाल मड्रिडले जितेको छ ।
मोरक्कोमा गएराति भएको फाइनल खेलमा साउदी अरबियाको अल हिलाल फुटबल क्लबलाई ५–३ ले हराउँदै रियाल मड्रिडले उपाधि जितेको हो ।
खेलमा रियाल मड्रिडको लागि भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले दुई दुई गोल गर्दा करिम बेन्जमाले एक गोल थपे । अल हिलालको लागि लुसियानो भिएटोले दुई तथा मौसा मारेगाले एक गोल गरे ।
सेमिफाइनलमा ब्राजिलको प्mलेमेङ्गोलाई हराउँदै अल हिलाल तथा इजिप्टको अल आहलीलाई हराउँदै रियाल मड्रिड फाइनलमा पुगेको हो ।
फिफा क्लब विश्वकप फुटबलमा फिफाका ६ वटा महादेशका च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्ने गरेका छन् ।
Categorized in स्पाेर्ट्स