मनस्थिती
SamacharDesk – पूजा शर्मा कर्माचार्य | २०७९ फाल्गुण ५, शुक्रबार

तिम्रो र मेरो कथा कस्तो
सुरुवात या अन्त्य हो
खै के भो पत्तै भएन
केही बताए जस्तो
कतै पो सुनेको हो
अन्योलमा परे कि त
एकोहोरो मन यस्तो
बिचलित किन हो
थाहा नै पाईन लौ न
न होला त्यो हृदय सस्तो
कि पल क्षणिक हो
अल्मलिए कि म त
बिताएका क्षण त्यस्तो
अनमोल नै त हो
तर आज टाढा किन
