पूर्व राजा आफै अलमलमा छ : अध्यक्ष ओली
SamacharDesk | २०७९ फाल्गुण ८, सोमबार

पूर्व राजा ज्ञानेन्द्र शाहले गत साता राजनीतिक दलहरुलाई राजतन्त्रसँग सहकार्य गरेर देशको विकासमा अगाडि बढ्न आग्रह गरेको छ ।
सोही विषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको भन्ने अभिव्यक्तिप्रति अध्यक्ष ओलीले पूर्व राजा शाह आफै अलमलमा पर्नुभएको टिप्पणी गर्नुभएको छ ।
२४० वर्षसम्म राजतन्त्रले केही गर्न नसकेको अवस्थामा गणतन्त्र आएको १५ वर्षमा सहकार्यको प्रस्ताव अर्थहीन भएको अध्यक्ष ओलीको टिप्पणी छ ।
पार्टीका केन्द्रिय सदस्य दुर्गा प्रसाईंको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष ओलीले भीम रावलको उदाहरण प्रस्तुत गर्दै पानीले आफ्नो सतह आफैँ मिलाउने तर्क गर्नुभयो ।
उहाँले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले एमाले उम्मेद्वार राष्ट्रपति बन्ने बताउनुभएको हो ।
एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै उम्मेद्वारको नाम सार्वजनिक गर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन धेरै सोच बिचारका साथ बनेको दाबी गर्नुभयो ।
एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा माओवादी केन्द्रको पनि साथ र समर्थन रहने ओलीको दावी छ ।
गणतन्त्र आएको धेरै समय नभएकाले अहिले नै आत्तिनुपर्ने स्थिति नरहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले देश अब समृद्ध र सुखी बन्ने दावी गर्नुभयो ।
Categorized in राजनीति