आईसीसी विश्वकप लिग टू को त्रिकोणात्मक सिरिज नेपाललाई
SamacharDesk | २०७९ फाल्गुण ९, मंगलबार

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलमा जित निकालेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई तीन(तीन विकेटले पराजित गरेको थियो । योसँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ ।
लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो । १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको नेपाललाई कप्तानी पारी खेल्दै रोहीतले जितको बाटो देखाए ।
उनलाई करण केसीले बलियो साथ दिए । रोहितले अविजित ९५ रन बनाउँदा करणले अविजित ३१ रन बनाए । नवौं विकेटका लागि रोहित र करणले अविजित ७५ रनको साझेदारी गरेका थिए ।
रोहित प्लेयर अफ दि म्याच बन्नुभयो । करण केसीले अविजित ३१ रन बनाउनुभयो । करणले ३७ बलमा दुई चौका एक छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।
ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आशिष शेखले १२ रन बनाउनुभयो । बलिङमा स्कटल्यान्डका मार्क वार्टले तीन विकेट लिनुभयो । चरिस ग्रेभ्सले दुई, ब्राण्डन म्याक्लुअन, सफायन सरिफ, माईकल लास्कले एक(एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो ।
स्कटल्यान्डका लागि जर्ज मुन्शेले ६० रन बनाए । यस्तै म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले ३१, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन एबनाए । बलिङमा नेपालका सन्दीप लामिछानेले चार विकेट लिनुभयो ।
सन्दीपले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिए । करण केसीले तीन तथा कुशल मल्ल र ललित नारायण राजवंशीले एक एक विकेट लिए ।
Categorized in स्पाेर्ट्स