arin enterprises

इजरायली सेनाको आक्रमणबाट ११ प्यालेस्टिनीको मृत्यु

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण ११, बिहिबार

इजरायली सेनाको आक्रमणबाट कम्तिमा ११ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् ।

पश्चिम किनाराको पुरानो शहर नाबलुसमा प्यालेस्टिनी लडाकुको खोजी गर्न इजरायली सेना प्रवेश गरेपछि भएको भिडन्तमा उनीहरु मारिएको हो  ।

बुधबार बिहान पश्चिम किनारामा इजरायली सुरक्षा बल पुरानो सहर नाब्लसमा प्रवेश गर्दा त्यहाँबाट विस्फोट र बन्दुकको आवाज सुनिएको थियो।

इजरायलको सेनाले एउटा घरमा पसी त्यहाँ लुकेर बसेका तीनजना अतिवादीलाई मारेको बताएको छ । त्यहाँ मारिनेहरुमा अधिकांश सर्वसाधारण भएको बताइएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले भने ८० जनालाई गोली लागेको र उनीहरुको नाबलुसका चार वटा अस्पतालमा उपचार भईरहेको बताएको छ ।

चरमपन्थी संगठन लायन्स डेनले टेलिग्राम पोस्टमा आफ्ना र अन्य संगठनका छ जना सदस्य मारिएको बताएको छ ।

यस हमलामा ज्यान गुमाउनेहरु बाहेक घाइतेहरुको संख्या धेरै रहेको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घाइतेहरुको पाँच अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

घटनापछि नाबलुस शहरमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए ।

इजरायली डिफेन्स फोर्सले भने लडाकु समूहबाट आक्रमण भएपछि प्रतिकार गर्ने क्रममा लुकेर बसेका तीन जना आतंककारी मारिएको बताएको छ ।

इजरायली सेनाले गत महिना जेनिनमा पनि यस्तै आक्रमण गरेको थियो, जसमा दश जनाको मृत्यु भएको थियो।

Categorized in अन्तर्राष्ट्रिय