सम्पदास्थलहरुमा ताम्रकार समाजको सरसफाई
SamacharDesk – बिराज | २०७९ फाल्गुण १६, मंगलबार

दिया ताम्रकारको दिनचर्या हिजो आज फेरीएको छ । ताम्रकार समाजको कार्यालय सहायक पदमा कार्यरत उनी अहिले सा¥है व्यस्त छिन् ।
ताम्रकार समाजको आयोजनामा प्रत्येक महिनाको पहिलो शनिबार भइरहेको सम्पदा सरसफाई कार्यक्रमको लागि उनी लागिपरेकी छिन् ।
कार्यक्रममा सहभागी हुन आउन भन्दै फोन, फेसबुक, भाइबर, ह्वाट्सएप आदिमार्फत सूचना प्रवाह गर्ने, सरसफाइको सामाग्रीहरुको जोरजाम गर्ने, मास्क, पन्जाको व्यवस्था गर्नेदेखि सहभागीहरुको लागि खाजाको व्यवस्था गर्नसमेत उनी पुरै सक्रिय हुने गर्छिन् ।
कार्यालयका नियमित कार्यहरु गर्नु त छँदैछ । समाजको लागि केही योगदान पनि हुने, सम्पदा संरक्षणमा पनि जुट्न पाउँदा उनी निकै उत्साहित छिन् ।
त्यसैले पनि उनले आफ्नो जीवनको निकै अभिन्न र रोचक पक्षको रुपमा सम्पदा सरसफाई कार्यक्रमलाई लिएकी छन् ।
ताम्रकार समाज आफ्नो समुदायमा मात्रै सिमित नरहेको तथा सदस्यहरुलाई पनि सम्पदास्थलहरुको महत्व एवं आवश्यकताको वोध गराउन समेत यो कार्यक्रम सफल हुनेमा उहाँले बिश्वास व्यक्त गरे
ताम्रकार समाजले हरेक महिनाको एक दिन उपत्यकाका विभिन्न सम्पदाहरु तथा धार्मिकस्थलहरुको सरसफाई कार्यक्रम गर्ने गरेको छ ।
यसै क्रममा मंसीर महिनामा पाटनको मच्छिन्द«बहाल परिसर, पुष महिनामा मीननाथ बहाल परिसर, माघमा महालक्ष्मीस्थान र फागुनमा लगनखेलस्थित बटुक भैरवनाथस्थल तथा अशोक स्तुपा परिसरको सरसफाई सम्पन्न गरीसकेको छ ।
प्रत्येक पटकको सरसफाईमा समाजका ५० देखि ६० जना सदस्यहरुको सहभागिता रहने गरेको छ ।
समाजको जिम्मेवारीको दायित्व बढाउनको लागि पनि विभिन्न सम्पदास्थलहरुमा गएर सरसफाई गर्न गइरहेको समाजका अध्यक्ष बिनोद ताम्रकारले बताए ।
ताम्रकार समाज आफ्नो समुदायमा मात्रै सिमित नरहेको तथा सदस्यहरुलाई पनि सम्पदास्थलहरुको महत्व एवं आवश्यकताको वोध गराउन समेत यो कार्यक्रम सफल हुनेमा उहाँले बिश्वास व्यक्त गरे ।
‘ताम्रकार समाजमा ताम्रकार थर भएका मानिसहरु संगठित हुने हो तर, यसले ताम्रकारकै लागि मात्र काम गर्ने भन्ने होइन । समग्र समाज, राष्ट्रप्रति नै जिम्मेवार संस्था हो भन्ने बोध गराउन पनि यो कार्यक्रम गर्ने गरिएको हो’ अध्यक्ष ताम्रकारले बताए ।
समाजका महासचिव दिपेश ताम्रकारले यस कार्यक्रममा सदस्यहरुको उत्साहप्रद सहभागीताले आफुहरु हौसिएको र कम्तीमा पनि एकबर्ष सम्म कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा सुरुदेखि नै नियमित रुपमा सहभागिता जनाउँदै आइरहनु भएका समाजका निवर्तमान अध्यक्ष रविन्द«राज ताम्रकारले समाजबाट कला, संस्कृति, सम्पदा, भाषाको संरक्षण सम्वद्र्धनमा विगत लामो समयदेखि कार्यगर्दै आइरहेको बताए ।
यस प्रकारको कार्यहरुलाई समाजका सदस्यहरु तथा गैरसदस्यहरुले समेत सकारात्मक रुपमा लिने बताउँदै समाजको छवि उच्च बनाउन यसले सहयोग पुग्नजाने उनले उल्लेख गरे ।
आगामी समयमा उपत्यकाका विभिन्न सम्पदाहरुमा समेत यो कार्यक्रम लिएर जाने समाजको योजना रहेको छ । स्थानीय संघसंस्थाहरुसँग समेत सहकार्य गर्दै समाजले सम्पदा सरसफाई कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
Categorized in समाज