फेवातालमा डुंगा पल्टिंदा वृद्धको मृत्यु
SamacharDesk | २०७९ फाल्गुण २१, आइतबार

पोखराको फेवातालमा शनिबार दिउँसो डुङ्गा पल्टिएर बेहोस भएकी बृद्धाको मृत्यु भएको छ ।
शनिबार दिउँसो एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यू भएको हो ।
पोखरा महानगरपालिका १ बगरको एकै परिवारका पाँचजना बसेको डुङ्गा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
सबैले लाईफ ज्याकेट लगाए पनि वृद्धालाई डुङ्गाले च्यापेकाले उनी पानीमा डुबेको प्रहरीको भनाई छ ।
छ जना बेपत्ता भएकोमा ५ जनाको सकुशल उद्धार गरिएको हो हने एक जनालाई बेहोस अबस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
वृद्धा महिलालाई बेहोस् अवस्थामा उद्धार गरि गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Categorized in समाज