माक्ररम दक्षिण अफ्रिकाको कप्तानमा नियुक्त
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण २३, मंगलबार

दक्षिण अफ्रिकाको टी–ट्वान्टी टिमको कप्तानमा एडम माक्ररम नियुक्त भएका छन् ।
वेस्ट इण्डिजसँगकोे तीनवटा टी–ट्वान्टी सिरिजका लागि माक्ररम कप्तानमा नियुक्त भएका हुन् ।
क्रिकेट दक्षिण अफ्रिका (सीएसए) ले माक्ररमको कप्तानीमा १५ जनाको टोली समेत घोषणा गरेको छ ।
माक्ररमले टेम्बा बमुभाको स्थान लिएका हुन् भने बमुभाले १५ जनाको टोलीमा समेत स्थान बनाएका छैनन् ।
वेस्ट इण्डिजविरुद्धको तीन टी–ट्वान्टी खेलको सिरिज २५ मार्चबाट सूरु हुनेछ ।
Categorized in स्पाेर्ट्स
