चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण २४, बुधबार

इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
चेल्सीले जर्मनी क्लब डर्टमण्डलाई समग्रमा २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा १–०ले पराजित भएको चेल्सीले गएराति भएको दोस्रो लेगको खेलमा डर्टमण्डलाई २–० ले हराएको थियो ।
चेल्सीको घरेलु मैदान स्टामफोर्डब्रिजमा भएको खेलको ४३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै समग्रमा नतिजा १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफको ५३ औं मिनेटमा काई हभार्ट्सले पेनाल्टीमा गोल गर्दै समग्रमा २–१ले चेल्सीलाई पुनरागमन जित दिलाउए ।
यसअघि चेल्सीको खराबको कारण प्रशिक्षक ग्राहम पोटरलाई दबाब थपिएको थियो । तर यो जितपछि पोटरलाई ठुलो राहत दिएको छ ।
Categorized in स्पाेर्ट्स