arin enterprises

सम्झना ल्याबरेटोरीमा निःशुल्क स्वास्थ शिविर संचालन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण ३०, मंगलबार

ललितपुर पूर्णचण्डीस्थित सम्झना ल्याबरेटोरीमा नाक, कान र घाँटि सम्बन्धी निःशुल्क स्वास्थ शिविर सुरु भएको छ ।

शिविरमा अनुभवि चिकित्सकहरुसँग परामर्श लिन सकिने र चिकित्सकीय परामर्श वापत कुनै शुल्क नलाग्ने ल्याबरेटोरीकी अध्यक्ष रजना जोशीले जानकारी दिइन् ।

साथै घाँटीको इन्डोस्कोपी, श्रवण जाँच र रक्तपरिक्षणमा २० प्रतिशत छुट पाइने पनि जोशीले बताइन् । त्यस्तै, ७५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई भने चिकित्सकीय परामर्शको साथमा घाँटीको इन्डोस्कोपी र श्रवण जाँच समेत निःशुल्क हुने बताइएको छ ।

नेपाली समाजमा समस्या नभइ चिकित्सकोमा नजाने, नियमित स्वास्थ परिक्षण नगराउने बानी रहने हुँदा समयमै समस्याको पहिचान गरी उपचारमा लाग्न सकियोस् भनेर निःशुल्क शिविर संचालन गरेको अध्यक्ष जोशीले बताइन् ।

‘भनाई पनि छ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु वेश, त्यसमा पनि रोग लागिहालेमा पनि समयमै उपचार गर्न सकियोस् ।यी दुई कुरालाई नै मान्यता बनाएर समय समयमा हामीले यस्तो शिविर संचालन गर्दै आएका छौं’ अध्यक्ष जोशीले बताइन् ।

फाल्गुन २८ शनिबारदेखि सुरु भएको एक हप्ते शिविर आगामी चैत्र ४ गते शनिबारसम्म संचालन हुनेछ ।

शुक्रबारसम्म अपरान्ह ४ देखि ५ बजेसम्म दैनिक एक घन्टा निःशुक्ल शिविर चल्नेछ । ४ गते शनिबारको दिन भने बिहान १० बजे देखि १२ बजेसम्म हुनेछ ।

शिविरमा सहभागी भई लाभान्वित हुन आम सर्वसाधारण सबैमा अध्यक्ष जोशीले आग्रह गरिन् ।

Categorized in समाज