arin enterprises

२०३०विश्वकप आयोजना गर्न स्पेन,पोर्चुगल र मोरक्को संयुक्त दाबी

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १, बुधबार

सन् २०३० को फिफा विश्वकप आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सहआयोजकमा  अफ्रिकी राष्ट्र मोरक्को थपिएको छ ।

गत वर्ष नै विश्वकप आयोजनाको लागि स्पेन र पोर्चुगलले संयुक्त दाबीको घोषणा गरेको थियो ।

यसअघि स्पेन र पोर्चुगलसँग युक्रेन सहआयोजकको रुपमा रहने बताईएको थियो । तर, रुससँगको युद्दको कारण युक्रेन भूमिका स्पष्ट नरहेको हँदा मोरक्को सहआयोजकमा थपिएको हो ।

अब विश्वकप आयोजनाका लागि स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त दाबी गर्ने छन् । यसअघि सन् २०१० को विश्वकप आयोजनाका लागि नै मोरक्कोले दाबी गरेको थियो ।

तर, २०१० मा दक्षिण अफ्रीकालाई आयोजकको रुपमा चुनियो । सन् २०३० को विश्वकपका लागि अन्य पनि थुप्रै राष्ट्रले दाबी गरेका छन् ।

सन् २०३० को विश्वकप  आयोजना गर्नको लागि अर्जेन्टिनासहित ४ दक्षिण अमेरिकी राष्ट्रले चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेश गरेको छ  ।

फिफाले यस विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने जनाएको छ ।

Categorized in स्पाेर्ट्स