arin enterprises

स्वयम्भु महाचैत्यको गजुर खस्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १, बुधबार

काठमाडौंको धर्मधातु महाचैत्य स्वयम्भु स्तुपाको गजुर खसेको छ ।

गए राति आएको ठुलो हावाहुरीको कारण स्वयम्भु महाचैत्यको गजुर टुक्रा भइ खसेको हो ।

स्वयम्भू महाचैत्यमा १३ ज्ञानको प्रतीकको रुपमा रहेको त्रयोदश भुवनमाथि चारवटा थाममा स्वर्ण छत्र अड्याइएको छ ।

उक्त स्वर्ण छत्रमाथि पनि सुनको मोलम्बा लगाइएको अर्को चार वटा ससाना थाममाथि स्वयम्भू महाचैत्यको गजुर विराजित गराइएको छ ।

चारवाट थाममध्ये  पश्चिमतिरको थाम छुट्टिएर गजुर खसेको स्थानीयले बताएका छन् ।

यस्तो घटनाले देशमा अनिष्ट हुने जनविश्वास रहेको छ । 

Categorized in संस्कृति