arin enterprises

हालाण्डको ह्याट्रिकसँगै सिटि सेमिफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र ५, आइतबार

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ ।

शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब बर्नलीलाई ६–०ले हराउँदै सिटीसेमिफाइनलमा पुगेको हो ।

सिटीको फराकिलो जितमा अर्लिङ हालाण्डले ह्याट्रिक गरे ।

खेलको ३२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३५ औं मिनेटमा हालाण्डले ब्यतिगत दोस्रो गोल गर्दा सिटी दोब्बर अग्रताले अघि रह्यो ।

खेलको ५९ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गर्दा सिटीको अग्रता ३–० बन्यो ।

यो हालाण्डले पाँच दिन भित्र दोस्रो ह्याट्रिक गरेका हुन् । उनले च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइपजिगविरुद्ध यसै हप्ता ह्याट्रिक गरेका थिए ।

अल्भारेजले ६२ औं मिनेटमा गोल गर्दा पाल्मेरले ६८ औं मिनेटमा गोल गरे ।

त्यसपछि खेलको ७३ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ६–० को जित हात पारेको हो ।

Categorized in स्पाेर्ट्स