पाहांचःर्हे पर्व र घातुराग
SamacharDesk – Aakash Rajopadhyaya | २०७९ चैत्र ६, सोमबार

पाहांचःर्हे काठमाडौं उपत्यकाको एक मुख्य चाड हो । पाहाँचःर्हेमा काठमाडौं उपत्यकावासीहरुले लुकुमहाःद्यः र विभिन्न देवीदेवताको जात्रा गर्ने गर्छन् ।
साथै आफ्ना छोरीबेटि, आफन्त, मित्रजन आदि इत्यादीलाई नखत्या बोलाएर भोज गरी रमाइलो गर्ने गर्दछन् ।
चन्द्रमासको सातौं महिना चिल्ला महिनालाई विरही, उदासी र उदेकलाग्दो महिनाको रुपमा लिइन्छ ।
हावाहुरी पनि आउने, छिनमै घाम पनि लाग्ने, छिनमै पानी पर्ने र मौसमी बदलाव कारण रुघाखोकि र ज्वरोले सताउने भइरहन्छ ।
मौसम र मौसमी बदलावका कारण स्वास्थ्य समस्या पनि भइरहँदा काम, आर्थिक उपार्जन आदिमा पनि असर परेको हुन्छ । त्यसैले यो समयलाई उदेकलाग्दो समयको रुपमा लिइने हो ।
यहि उदेकलाग्दो समयलाइ चिर्दै नेवाः समुदायले चिल्ला महिनाको अन्तिम दिन पाहांचः¥हेमा नखत्या बोलाएर भोज गरी रमाइलो गर्ने गर्दछन् ।
पाहाँचःर्हे पर्वमा काठमाडौं उपत्यकाको तिनै शहरका नेवाः समुदायमा विरहले भरिएको घातु रागमा आधारित “घातु म्ये“ गाउने प्रचलन रहि आएको छ ।
घातु राग फागु पूर्णिमादेखि पाहांचःर्हेसम्म गाउने गरिन्छ । रंगसँग रमाउँदै खेलिने फागुपर्व (होली) चीर दाह गरेसँगै सम्पन्न हुन्छ । फागु पूर्णिमाको दिन चीर दाह गरेसँगै गालिरागमा गाइने माया, प्रेमको रसले भरिएको गीतहरु पनि बन्द हुन्छ ।
त्यसपछि भने घातु राग गाउन सुरु हुन्छ । गाली रागमा आधारित गीतहरु प्रेम र मायाको रसले भरिएको हुन्छ भने घातुरागमा आधारित गीतहरु विरह र विछोदका पीडाले भरिएको हुन्छ ।
सुखी, सम्पन्न र धनीमानिहरुले आफ्नो परिवार, सम्पति र बास सबै गुमाई झोला र तुम्बा बोकी संन्यासी जीवन बिताउनु पर्दा हुने दुखःको रसले भरिएको गीत नै घातु गीत हो भन्छन् गायक माणिक शाही ।
पहिले पहिले यो घातु गीत गाउँदा मानिसहरु धुरुधुरु रुने गरेको आफुले नै देखेको शाही बताउँछन् ।
“घातु गीतहरुमा राजनितिमा भोगेको दुखः, आर्थिक अभाव, परिवारसँगको विछोड वा कलह आदि जस्ता भावनाहरु देवतालाई पुकार्दै पोखेको पाइन्छ” गायक मणिक शाहि भन्छन् ।
यस्तै भक्तपुरमा बिस्काः जात्रा बेला गाइने राजा रणजित मल्लले लेखेको घातु गीतमा पनि रणजित मल्लले राज्य गुमाउनुपर्दाको दुःख पोखेको देख्न सकिन्छ ।
पृथ्वीनारायण शाहसँग राज्य हारेपछि आफ्नो राज्य छोडेर काशी जाँदै गर्दा रणजित मल्ले योे गीत लेखेको मानिन्छ । उनले लेखेको घातु गीत बिस्काः जात्रामा रथ तान्दै गाउने गरिन्छ । बिस्काः जात्राको बारेमा बिस्काः जात्रामै कुरा गरौंला, अहिले घातुमै केन्द्रीत होऔं ।
घातु रागमा आधारित गीतहरु काठमाडौ र ललितपुरमा फागु पूर्णिमाको रातदेखि पाहांचःर्हेको दिनसम्म गाइन्छ भने भक्तपुरमा भने बिस्काः जात्रासम्म गाइन्छ ।
भक्तपुरका राजा रणजित मल्लले लेखेको गीत यस प्रकारको रहेको छ
थथिं जाःगु रस गबलेस दैमखू
राम हा जि गन वने
गन वने गन च्वने सुया भरये च्वने दैव
दैव या भरये च्वने जित तरे मजू रे देव
राम हा जि गन वने
माम मदू बूबा मदू सूया भरये च्वने दैव
जवे स्वसा दाजू मदू, खवे स्वसा किजा मदू
जि पापी अभागी गन वना सिरे दैव
राम हा जि गन वने
तःपुखु , नःपुखु स्वये धका ङ्या जन्म काया दैव
चण्डालम्ह खें या ल्हातं जाल केङ्का स्यात रे दैव
राम हा जि गन वने
ङ्यातापोलं स्वये धका बखुँ जन्म काया दैव
चण्डालम्ह खें या मचां तूम्वो केयेका स्यात रे दैव
राम हा जि गन वने
ल्यसिं खेले ल्यसिं थान चूपिंगालये म्वलः ल्हूया
वया च्वंये भैरव दरसन याये प्रभू
राम हा जि गन वने
ललितपुरमा गाइने घातुरागको गीत
थथिंजागु रस दक्व त्वल ताव हरि गन जि वने ।।
न्हिन्हि छिया विरह न फय मफु थ्व जीवन ।।
उहिनी थे न्यन काव तल कृष्ण हरि ।।
रस रंग म्हिता जुता न्हिय छि व नापँ कृष्ण ।।
म्हगसस खनागु थ्य जुल कृष्ण.... हरि ...।।
न्कजाव जौभन चिय मफु थ्व जीवन ।।
भमरान रस काव मवु कृष्ण ..... हरि .... ।।
काठमाडौंमा गाइने घातु रागको गीत
थथिंजाःगु रसबस तोलताव राम हँ !
जि गन वने निरमल सरगत, झलमल, परवत स्वव थास छिगु रस मेव रस मदु दैव
राम हँ ! जि गन वने
बलचासं न्ह्यसु लायाः आनन्दन रसतायाः ज्यापुदाजु याकतन घातुया म्ये हाला च्वन
राम हँ ! जि गन वने
लुँया स्वान, वोया स्वान व्हया च्वंगु खनेभनं मस्यू छाय मन हाय ! खुलुलुलु मिन
दैव राम हँ ! जि गन वने
जोलिं जोल पासा मुने, दुथे फुथे नये त्वने दैवयागु रसबसं पाहाँचःह्रे सुखं हने
पाहांचःर्हे सम्पन्न भएसँगै विरहको महिना सकिने मानिन्छ र विरहले भरिएको घातु रागमा आधारित गीत गाउन पनि बन्द हुन्छ ।
पाहांचः¥हेको दिनबाट हावाहुरी पनि सबै बिस्तारै हटेर जाने विश्वास गरिन्छ ।
Categorized in संस्कृति