बार्सिलोनालाई १२ अंकको अग्रता
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र ६, सोमबार

स्पेनिस ला लिगाको अंक तालिकामा बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ ।
गएराति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्दै १२ अंकको अग्रता लिएको हो ।
बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको रोमान्चक खेलमा बार्सिलोनाले रियललाई २–१ गोल अन्तरले हराएको हो ।
खेलको नवौं मिनेटमा डिफेन्डर रोनाल्ड अरुजोले आत्मघाती गोल गरेपछि रियलले १–० को अग्रता बनाएको थियो ।
सेर्जी रोबर्टोले ४५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।
यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा २६ खेलमा ६८ अंक जोड्डै बलियो पकड जमाएको छ ।
रियल समान खेलमा ५६ अंक जोड्डै दोस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स