वान एक्स बेटमा संलग्न ६ जना पक्राउ
SamacharDesk | २०७९ चैत्र ९, बिहिबार

नेपाल प्रहरीले वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बुधबार कार्यालयले वानएक्स बेटमार्फत सट्टेबाजी गराउने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने, १७ वर्षीय नयनराज भण्डारी, २८ वर्षका वरुणकुमार सिंह, वर्ष ३२ का वासुदेव पाण्डे र २६ वर्षर्की शिवानी तामाङ रहेको प्रहरी जनाएको छ ।
उनीहरुको साथबाट विभिन्न सेवाप्रदायक कम्पनीहरुको सिमकार्ड ३४६ थान, विभिन्न कम्पनीहरुको मोबाइल फोन १० थान, विभिन्न बैंकहरुको चेकबुक ३ थान र एटिएम १४ थान र एसर कम्पनीको ल्याप्टप १ थानसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताउनु भयो ।
उनीहरुले विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन आइएक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गरेका थिए । त्यस्तै नेपाल प्रहरी कार्यालयले नागरिकतासम्बन्धी अपराधमा संलग्नलाई पनि सार्वजनिक गरेको छ ।
बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । अनुसन्धान कार्यालयको टोलीले चैत्र ५ गते दिउँसो काठमाडौंको बबरमहल स्थितबाट कृष्णबहादुर कटवालसहित ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरुले निश्चित रकमको चलखेल गरी विभिन्न सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झुटा लिखित त्था नक्कली सूचनाका आधारमा चैत्र ५ गते कटुवालालई पक्राउ गरेको थियो । निज कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता बिना नै लेखापढी गर्ने कार्य गर्दै आएका प्रहरीले जनाएको छ ।
उनीहरुसँगबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाईसराई, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण कागजातहरु किर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैर नेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासहित फेला पारी निजहरुलाई पक्राउ गरी नागरिकता ऐन तथा लिखित सम्बन्धी कसुरमा आवश्यका कारबाहीका लागि जिल्ला परिसर टेकुले जानकारी दिएको छ ।
Categorized in अपराध