arin enterprises

नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र ११, शनिबार

नेपाल फाइभ पी प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने उद्योगी व्यवसायीलगायत सहभागी छन् ।

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.ले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको हो ।

प्लास्टिक प्रोसेससङ मिसनरीका उत्पादनहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी प्रदर्शनीमा राखिएको छ ।

त्यस्तै प्रदर्शनीमा सबै खाले कागज र स्पेयर पार्टस्, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूले उत्पादन गरेका सामग्रीहरू समेत अवलोकन, खरिद तथा प्रयोग सम्बन्धी ज्ञान लिन सकिने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टल राखिएको छ । अवलोकनकर्ताको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Categorized in बिजनेस