arin enterprises

मोरक्कोले ब्राजिललाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १२, आइतबार

फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई हराएको छ ।

आइतबार भएको खेलमा मोरक्कोले ब्राजिललाई २–१ गोलले हराएको हो ।

खेलको २९ औं मिनेटमा सोफिआने बोउफलले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।

६७ औं मिनेटमा ब्राजिलका कप्तान कासिमिरोले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै मोरक्कोलाई २–१ को जित दिलाए ।

योसँगै मोरक्कोले पहिलो पटक ब्राजिलमाथि जित निकाल्न सफल भएको हो ।

Categorized in स्पाेर्ट्स