जिब्राल्टरलाई हराउँदै नेदरल्यान्ड्सको पहिलो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १४, मंगलबार

जिब्राल्टरलाई हराउँदै नेदरल्यान्ड्सले युरोकप २०२४ छनोटमा आफ्नो पहिलो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा जिब्राल्टरलाई ३–० गोले हराउँदै नेदरल्यान्ड्सले आफ्नो पहिलो जित निकालेको हो ।
नेदरल्यान्ड्सको डे कुइप्मा भएको खेलको २३ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा नाथन एकेले गोल गर्दा नेदरल्यान्ड्सको अग्रता दोब्बर भयो ।
लियाम वाल्करले ५१ औं मिनेटमा रातोकार्ड पाएपछि जिब्राल्टर १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको ८२ औं मिनेटमा नाथनले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ३–० को जित दिलाए ।
यो जितसँगै नेदरल्यान्ड्सले २ खेलमा ३ अंक जोड्डै समूह बीको तेस्रो स्थानमा छ ।
जिब्राल्टरको यो लगातार दोस्रो हार हो । जिब्राल्टर अंक बिहिन समूहको पुच्छरमा छ ।
Categorized in स्पाेर्ट्स