arin enterprises

अमेरिकाको एक विद्यालयमा गोली प्रहार

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १४, मंगलबार

अमेरिकाको टेनेसी राज्यको नासभिल शहरको एक प्राथमिक विद्यालयमा गोली प्रहार भएको छ ।

प्रि–स्कुलदेखि ६ कक्षासम्म पढाई हुने २ सय विद्यार्थी रहेको प्रेस्बिटेरियन स्कुल द कभेन्टमा एक महिलाले अन्धाधुन्ध गोली प्रहार गरेको हो ।

गोलि प्रहारमा ३ जना बालबालिकासहित ६ जनाको मृत्यु भएको अमेरिकि संचार माध्यमले जनाएको छ ।

गोली लागेर मृत्यु हुनेहरुमा ९ वर्षीय बालकदेखि ६१ वर्षीय वृद्धसम्म रहेका छन् ।

२८ वर्षीय औड्री हेल नाम गरेकी महिलाले आफू पनि सोही स्कुलमा पढेको भन्दै विद्यालयमा प्रवेश गरी विद्यार्थी, शिक्षक र कर्मचारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको नाशभिल शहरको प्रहरीले जनाएको छ ।

आक्रमणकारी महिलाको पनि प्रहरीको कारबाहीमा मृत्यु भएको छ ।

स्थानीय प्रहरीले घटना र आक्रमणकारी महिलाको बारेमा विस्तृत अनुसन्धान भइरहेको बताएको छ ।

Categorized in अन्तर्राष्ट्रिय