चितवन र तनहुँको उपनिर्वाचनका लागि काँग्रेसले उम्मेदवार टुंग्यायो
SamacharDesk | २०७९ चैत्र १६, बिहिबार

नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रिय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको बताउनु भयो ।
त्यस्तै बैठकमा मिटरब्याजीको समस्यालाई तत्काल समधान गर्नेकुरामा पनि छलफल भएको प्रवक्ता महतले बताउनु भयो ।
उहाँले पार्टीको गम्भीर ध्यानाकर्षण भएकाले सरकारले तत्काल समाधानको लागि तत्पराता देखाइ समाधान गर्ने विषयमा निर्णय भएको बताउनु भयो ।
प्रवक्ता महतले मन्त्रीपरिषद्मा भाग लिन विषयमा योगदान, दक्षता, समावेशीता, प्रादेशिक सन्तुलनका विषयलाई मध्यनजर गरेर मन्त्री चयन गर्ने निर्णय भएको बताउनु भयो ।
Categorized in राजनीति