arin enterprises

अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग

SamacharDesk | २०७९ चैत्र १७, शुक्रबार

अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गर्नुभएको छ ।

हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गर्दै अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्ने बताउनु भयो ।

उहाँले फेसबुकमार्फत भनेका छन्, “वि. स. २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक(सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें।

विशेषतस् योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ।

तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई,भाउजु,साला,भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।

अब कांग्रेस(कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।

सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर ुयो देश बन्छु भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल।”

कांग्रेस परित्याग गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ससम्मान स्वागत गरेको छ । वाग्लेलाई रास्वपाले तनहुँ १ बाट उपनिर्वाचनको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।

यता राजस्व अध्यक्ष रबी लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेललाई पार्टी प्रवेश पश्चात सामाजिक सञ्जालमा ट्विट गरेको छ ।

जसमा भनिएको छ, “मेरो गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तिन लिएर संसद छिर्ने सपना छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वैशाख १० गते हुने तीन वटै क्षेत्रको उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारहरु घोषणा गरेको छ ।

रास्वपाले गएराती घोषणा गरेका उम्मेदवारहरुमा चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको मात्रै नाम रहेको छ ।

तनहुँ–१ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रूपक घिमिरे विश्वकर्माको नाम सार्वजनिक गरिएको छ ।

यस्तै बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको नाम समावेश छ ।

Categorized in राजनीति
SKIP THIS tihar2082