arin enterprises

आईपीएल क्रिकेटमा लखनउ र पञ्जाबको विजयी सुरुवात

SamacharDesk | २०७९ चैत्र १९, आइतबार

शुक्रबारदेखि सुरु भएको १६औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ ।

लखनउको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली ५० रनले पराजित भएको हो । लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो ।

दिल्लीका लागि कप्तान डेविड वार्नरले ५६ रनको अर्धशतकीय ईनिङ खेले । लखनउका लागि मार्क उडले ५ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको हो । लखनउका लागि कायल मेयर्सले ७३ रनको अर्धशतकीय ईनिङ खेले । दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान २/२ विकेट लिए ।

हिजै भएको अर्को खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई हराएको छ । मोहालीमा पञ्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको कोलकता १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि पञ्जाब डीएल पद्धतिका आधारमा ७ रनले विजयी भएको हो ।

आईपीएल क्रिकेटमा आज सनराइर्जस हैदरबाद र राजस्तान रोयल्स तथा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्लोर खेल्नेछन्  ।

Categorized in स्पाेर्ट्स