बार्सिलोनाले शीर्ष स्थानमा बलियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १९, आइतबार

स्पेनिस ला लिगाका शीर्ष स्थानको बार्सिलोनाले १५ अंकको अग्रता लिएको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई हराउँदै शीर्ष स्थानमा १५अंकको अग्रता सहित बलियो पकड बनाएको हो । इल्चेको घरेलु मैदान म्यान्युल मार्टिनेज भलेरोमा भएको खेलमा बार्सिलोनाले इल्चेलाई ४–० गोलले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा अन्सु फाती र फेरान टोरेसले नाममा एक एक गोल गरे ।
खेलको २० औं मिनेटमा लेवान्डोस्कीले गोलवाट पाहुना टोलीले अग्रता लिए । ५६ औं मिनेटमा फातीले गोल गर्दा बार्सिलोनाको २–० ले अघि रह्यो ।
लेवान्डोस्कीले ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ७० औं मिनेटमा टोरेसले गोल गर्दा बार्सिलोना ४–० ले अघि रह्यो ।
यो जितसँगै बार्सिलोनाले २७ खेलमा ७१ अंक जोडेको छ ।दोस्रो स्थानको रियल म्याड्रिडले २६ खेलमा ५६ अंक छ ।
इल्चे १३ अंक सहित पुछारमा रहेको छ ।
Categorized in स्पाेर्ट्स